Thursday, 6 January 2011
७० लाख रुपैयाँ लुटपाट
काठमाडौं, पुस २२ - राजधानीको कमलपोखरीस्थित हिमाल नर्सिङ होम अगाडिबाट बिहीबार अपरान्ह लुटेराहरुले एक व्यवसायीको साथबाट ७० लाख रुपैयाँ लुटपाट गरेका छन् ।
घर बाहिर निस्कनेवित्तिकै बा २२ प १७३४ नम्वरको मोटरसाइकलमा रहेका तीन जना लुटेराहरुले व्यवसायी पवन सरियाको साथबाट दिउँसो २. ५५ बजे उक्त रकम लुटेको प्रहरी प्रवक्ता माधव नेपालले जानकारी दिए । उनी हुण्डीको व्यवसाय गर्दै आएका थिए ।
घटनालगत्तै प्रहरीले मातहतका प्रहरी निकायलाई परिचालन गरेको छ । 'मोटरसाइकलको नम्वर सक्कली नै हो वा नक्कली हो, पत्ता लाग्न सकेको छैन, लुटिएको खबर आएलगत्तै प्रहरी परिचालन गरिएको छ,' प्रवक्ता नेपालले इकान्तिपुरसित भने ।
Subscribe to:
Posts (Atom)