Thursday, 6 January 2011


  • जनबिद्रोहमा माओवादी / अव देशब्यापी प्रशिक्षण

  • हङकङमा ट्रान्जिट भिसा नचाहिने

  • मुखर्जी, मेनन र रावसँग भट्टराईको भेटवार्ता

  • एमाले अध्यक्षले भने, 'म पनि छानविको दायरामा आउन तयार छु'

  • "विकिलिक्सको नेपाली संस्करण"

  • पुस २८ मा प्रधानमन्त्रीको चुनाव

  • भुक्तानी दिनेले सुडान घोटालाको जिम्मेवारी लिनुपर्छः पूर्व आईजीपी राणा

  • शान्ति प्रकृया र लोकतन्त्र खतरामा : लेनग्रेन

  • यूएईमा ६ सय चालकले रोजगारी गुमाए

  • अनमिन गएपछि के ? राजदूतहरू परामर्शमा
  • ७० लाख रुपैयाँ लुटपाट


    काठमाडौं, पुस २२ - राजधानीको कमलपोखरीस्थित हिमाल नर्सिङ होम अगाडिबाट बिहीबार अपरान्ह लुटेराहरुले एक व्यवसायीको साथबाट ७० लाख रुपैयाँ लुटपाट गरेका छन् ।
    घर बाहिर निस्कनेवित्तिकै बा २२ प १७३४ नम्वरको मोटरसाइकलमा रहेका तीन जना लुटेराहरुले व्यवसायी पवन सरियाको साथबाट दिउँसो २. ५५ बजे उक्त रकम लुटेको प्रहरी प्रवक्ता माधव नेपालले जानकारी दिए । उनी हुण्डीको व्यवसाय गर्दै आएका थिए ।
    घटनालगत्तै प्रहरीले मातहतका प्रहरी निकायलाई परिचालन गरेको छ । 'मोटरसाइकलको नम्वर सक्कली नै हो वा नक्कली हो, पत्ता लाग्न सकेको छैन, लुटिएको खबर आएलगत्तै प्रहरी परिचालन गरिएको छ,' प्रवक्ता नेपालले इकान्तिपुरसित भने ।