विराटनगर, पुस १६ - कांग्रेस सभापति सुशिल कोइरालाले माओवादीको बठ्याईका कारण मुलुकको राष्ट्रिय अस्तित्व समाप्ति उन्मुख भएको वताएका छन् । शान्ति प्रक्रियालाई टुङगोमा पुर्याएर तोकिएको समयमा संविधान जारी नगरिए राष्ट्रिय अस्तित्व समाप्त हुने उनको चेतावनी थियो ।
३५ औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा मोरङ कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रमको शुक्रवार उद्घाटन गर्दै सभापति कोइरालाले शान्ति प्रक्रिया र संविधान निर्माणको विकल्प नरहेको पनि बताए । वर्तमान राजनीतिक संकट कायमै रहे मुलुक चाँडै अफगानिस्तान हालतमा परिणत हुने कोइरालाको चेतावनी थियो ।
मुलुकलाई अफगानिस्तानमा परिणत हुन नदिन र राष्ट्रिय अस्तित्व बचाउन कांग्रेसले माओवादीसँग एकता र सहकार्यका लागि वार्ता सुरु गरेको कोइरालाले वताए ।
'माओवादीसंग एकता र सहकार्यमा आउनुको विकल्प छैन' उनले भने, 'यस मुल मन्त्रलाई छाडेर उनीहरु जाने ठाउँ कही पनि छैन ।' उनले माओवादीलाई हावाको झोकाको संज्ञा दिए । साथै हावाको झोंका विलाएर जाने बताए । उनले भने 'शान्ति प्रक्रिया र संविधान निर्माण कार्यवाट भागेर फेरी जङगल पस्ने कल्पना स्वयं माओवादीहरु पनि गर्न सक्तैनन् ।' उनले माओवादीको झुटको खेती र राजनीतिक वेइमानीका कारण मुलुक संकटमा परेको आरोप लगाए ।
No comments:
Post a Comment